प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि पुगे टिचिङ अस्पताल

भदौ २५, २०७६ / ०५:०६ मा प्रकाशित

काठमाडौं । भर्खरै मात्र सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार बिहानै त्रिवि शिक्षण अस्पताल टिचिङ पुगेका छन् । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान ९ बजेतिर टिचिङ अस्पताल अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् ।

मुटुरोग विशेषज्ञ डा अरुण सायमीले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली सिंगापुरमा मिर्गौला उपचारका लागि ‘प्लाज्मा फेरोसिस’ गराउँदा गर्धनमा राखिएको ‘क्याटेटर’ निकाल्न त्यहाँ गएका हुन् । उनी अहिले अस्पतालबाट बाहिरिइसकेका छन् ।

छलफल मा सहभागी हुनुहोस

बढी पढिएको

Sorry. No data so far.