जेठ २९ गते बिहिबार, कस्तो होला तपाईको भाग्य ?

धार्मिक
जेठ २८, २०७७ / ११:४१ मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । कमाइ राम्रैसंग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा चिन्ता बढ्ने योग छ । साथै, धनमाल हराउन सक्छ । समय त्यति राम्रो छैन । गलत विचार बढ्ने छ, समयमा सहि निर्णय गर्न सकिदैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाग्यले साथ दिने छैन । खर्च बढ्ने, लेन देनमा विवाद बढ्नेछ । संयम भएर काम गर्नुहोला । व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिल्नेछ । आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला । पैसा कमाउने योग छ । साथै, पारिवारिक सुख मिल्ने दिन छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । व्यापार तथा उद्योग तर्फ सामान्य फाइदाको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

छलफल मा सहभागी हुनुहोस

बढी पढिएको