वडा अध्यक्षकै संलग्नतामा पुलको ९० बोरा सिमेन्ट चोरी भएपछि…

जीवनशैली
चैत्र १६, २०७४ / ०८:५३ मा प्रकाशित

नवलपरासी, चैत १६ – नवलपरासीको कावासोतीमा निर्माणाधिन पुलबाट जनप्रतिनिधिकै संलग्नतामा  सिमेन्ट चोरी भएको छ । कावासोती  नगरपालिका वडा नम्बर १ र देवचुली नगरपालिका वडा नम्बर ९ जोडने गरी निर्माणाधिन लोकाहाको भोटीखोला पुलको  सिमेन्ट वडा अध्यक्षकै संलग्नतामा चोरी भएको हो  ।

पुल निर्माणका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका वडा नम्बर  १ का वडा अध्यक्ष नारायण पन्तकोे संलग्नतामा  पुल निर्माणमा खटिएका सुपरभाइजर गोपाल थापासहितका व्यक्तिले मिलेमतो गरी  चोरी गरे पछि स्थानीयसमेत आक्रोशित बनेका छन् । पुल निर्माणकै क्रममा सिमेन्ट चोरी भएपछि पुल निर्माणको कार्यसमेत प्रभावित भएको छ ।

पुल निर्माणका लागि बसेका सुपरभाइजर र वडा अध्यक्षको मिलेमतोमा चैत्र ११ गते राति चोरी भएको हो । पुल निर्माण स्थलमा सामाग्रीको सुरक्षका लागि बसेका व्यक्तिलाई स्टोरको चाबी खोल्न लगाई सिमेन्ट चोरी गरीएको हो ।

ति १२ बजेको समयमा  वडा अध्यक्ष नारायण पन्तले स्टोरको चाबी खोल्न लगाएर ट्याक्टरमा लोड गरी सिमेन्ट लगेका थिए ।

भोटी खोला निर्माण व्यवस्थापन समितिका अध्यक्ष घनलाल भुषालका अनुसार अध्यक्ष पन्तले मदिरा सेवन गरी आफू राति पुल निर्माणस्थलमा  पुगेको र सिमेन्ट निकालेको स्वीकार गरेका छन् । वडा अध्यक्षले आफूले सबै थाहा नपाएको र सुपरभाइजरले आफूलाई फसाएको भन्ने गरेको भुषालले बताउनुभयो ।

सिमेन्ट चोरी भएको थाहा पाएपछि कावासोती १ र देवचुली ९ का स्थानीय उपभोक्तासहित सरोकारवालाहरुको भेला समेत बसेको थियो । भेलामा बोल्ने क्रममा स्थानीयले वडा अध्यक्षले  नियतवश रुपमा योजना बनाएर सिमेन्ट बेचर भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका थिए ।

चोरी गरिएको सिमेन्ट  कमल भुषालको घरमा फेला परेको थियो । सिमेन्ट वडा अध्यक्ष पन्तकै वडास्थित  रिठ्ठेपानीमा निर्माण हुन लागेको बाटोमा प्रयोगका लागि लगिएको  भुषालले बताएका छन् । कमल भुषाल बाटो निर्माण समतिका कोषाध्यक्ष हुन्  भने  वडा अध्यक्ष पन्त पुल निर्माण  समितिका  सचिव समेत रहेका छन् ।

यता भुषालले भने  ९ सय २० को सिमेन्ट ८ सयमा पाए पछि आफुले ल्याएको बताएका छन् । तर बाटो निर्माण समतिलाई सिमेन्ट निर्माणाधिन पुलबाट ल्याउने भन्ने कुनै जानकारी नभएको बताइएको छ ।

वडा अध्यक्ष पन्तले भने आफू भुलवश सुपरभाइजरको विश्वासमा परि राति सिमेन्ट  निकाल्नका लागि पुगेको बताउनु भएको छ । उहा“ले सुपरभाइजरले आफूलाई फसाएको प्रतिक्रिया दिनुभएको छ । सुपरभाइजर गोपाल थापा भने अहिले फरार रहेका छन् । फरार रहेका थापालाई पक्राउ नगरे सम्म आफूप्रति न्याय नहुने अध्यक्ष पन्तले बताउनु भएको छ । नारायण  पन्त नेपाली कांगे्रसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

डा अध्यक्ष पन्त यसअघि वन मुद्धामा  जेलसमेत  परेका थिए । वन मुद्धामा फरार भएका पन्त चुनाव घोषणा भएपछि सजाय भुक्तान गरी वडा अध्यक्षको उम्मेदवार बनेका थिए ।

त्यो पुल जेभिसी बिल्डर्स कम्पनीले निर्माणका लागि ठेक्का लिएको छ । कम्पनीले झण्डै ४ करोड २५ लाखको लागतमा २५ मिटर लम्बाइको पुल निर्माण गर्न लागेको हो । कम्पनीका प्रमुख कुमार आचार्यले आफूले राज्यको दायित्व निर्वाह गर्न लाग्दा आफ्ना सामानको सुरक्षा समेत नभएकोले निर्माण सुचारु गर्न समस्या परेको बताउनु भएको छ । उहाँले चोरी भएको सामान र जरिवानासहित कानुनी कार्वाहीका लागि आफू लाग्ने बताउनु भएको छ । त्यसै अनरुप आफूले जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको समेत आचार्यले बताउनु भएको छ ।

स्थानीयले भरपर्दो सुरक्षाको प्रत्याभूति दिए सहज रुपमा कार्य गर्न सकिने, नत्र निर्माणमै समस्या आउने उहाँले बताउनु भएको छ ।

यता वर्षाअघि खोलाको दुवैतर्फ ड्याम निर्माण गर्न नसके निर्माणाधिन पुल तलका बस्ती र खेती योग्य जमिन कटान हुने भन्दै स्थानीय चिन्तित बनेका छन् । पुल निर्माणका क्रममा खोलामा कटान गरीएकोले समयमा व्यवस्थापन नगरे पानी बस्तीमा जाने भन्दै स्थानीय चिन्तित बनेका छन् ।

श्रोत उज्यालो

http://ujyaaloonline.com/news/96264/stolen-ciment-/

छलफल मा सहभागी हुनुहोस