आफूलाई कोरोना छ कि छैन ? घरमै बसेर यसरी थाहा पाउनुस्

सूचना-प्रविधि
बैशाख ९, २०७७ / ०९:३५ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमण लागेको छ वा कोरोनाका कुनै पनि लक्षण देखिएको छ भने तपाईंले घरमै बसेर हाम्रो स्वास्थ्य एपबाट जानकारी लिन सक्नुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी जानकारी दिन ‘हाम्रो स्वास्थ्य’ एप आइतबारबाट सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस (कोभिड १९) का बारेमा सम्पूर्ण जानकारी दिन ‘हाम्रो स्वास्थ्य’ एप ल्याएको बताए । ‘यो एप मोबाइलमा डाउनलोड गरेर आफूलाई कुनै पनि कोरोनाको बारेमा शंका लागेमा वा यससम्बन्धी जानकारी लिन सकिन्छ,’ उनले भने यो एपबाट कोरोना भाइरसको परीक्षण कहाँकहाँ हुन्छ लगायतको कुरा समेत थाहा पाउन सकिन्छ ।

त्यसैगरी, मन्त्राललयले कोरोनाभाइरसको जानकारी दिन आइतबारबाटै https://covid19.mohp.gov.np/ वेव साइट पनि ल्याएको छ । विभिन्न जिल्लामा रहेका अस्पतालहरूमा कति आइसोलेसन र क्वारेन्टाइन कहाँ कहाँ छन् वा कसरी जाने भन्ने विषयमा पनि यो ‘हाम्रो स्वास्थ्य’ एपबाट लिन सकिने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए ।

उनले देशका जुनसुकै कुनामा बसे पनि यस एपमा जोडिएर कोरोनाका बारेमा जुनसुकै पनि सूचना लिन सक्ने बताए । विदेशबाट आएका नेपाली ५ जनामा कोरोना देखिएको छ तर यही रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको उनले बताए । सातै प्रदेशमा कोरोना परीक्षण गर्ने तयारी भएको समेत उनले जानकारी दिए ।

छलफल मा सहभागी हुनुहोस