चीनमा भेटियो कोरोना भाइरसको सबभन्दा खतरनाक स्ट्रेन

सूचना-प्रविधि
बैशाख १०, २०७७ / १०:३२ मा प्रकाशित

एजेन्सी । चीनको झजियाङ विश्वविद्यालयका अनुसन्धाता प्राध्यापक लांजुआनले कोरोनाभाइरसको सबभन्दा खतरनाक स्ट्रेन भेटेको दाबी गरेका छन् । उनका अनुसार, कोरोनाभाइरसमा तीव्र रूप परिवर्तन गर्ने (म्युटेसन) को क्षमता छ । अहिलेसम्म यसको यो विशेषतालाई बढी ध्यान दिइएको छैन । चीनमा ११ जना रोगीहरूमा गरिएको अध्ययनमा यस भाइरसको सबभन्दा खतरनाक रूप देखिएको छ । संक्रमण रोक्नका लागि लकडाउन जरूरी रहेको भनी सुझाव दिने लांजुआन चीनका प्रतिष्ठित वैज्ञानिक हुन् ।

उनका अनुसार, प्रयोगशालामा कोरोनाभाइरसको जुन रूप देखिएको छ त्यो अहिलेसम्म पत्ता लागेको अन्य स्ट्रेनभन्दा खतरनाक छ । चीनको हान्चो प्रान्तमा कोरोना संक्रमितहरूमाथि गरिएको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो । शोधकर्ताहरू रोगीको शरीरबाट कोशिका लिए र त्यसमा भाइरसको नयाँ स्ट्रेनको असर हेरे । यो युरोपमा भेटिएको कोरोनाको स्ट्रेन जस्तै भएको पाइएको छ । अर्को कम खतरनाक स्ट्रेन पनि भेटिएको छ । त्यो स्ट्रेन कोरोनाको सबभन्दा कम संक्रमित क्षेत्रमा पाइएको स्ट्रेन जस्तै छ ।

खोप बनाउन जति आवश्यक छ त्यसको बदलिँदो रूपका कारण पर्ने असरलाई बुझ्नु त्यति नै महत्त्वपूर्ण छ । संसारभरिमा भाइरसको सबभन्दा खराब असर अमेरिका, बेलायत, इटली र स्पेनमा देखिएको छ । दक्षिण कोरिया र न्युजील्यान्डमा संक्रमण कम छ । प्राध्यापक लांजुआन र उनको टोलीका अनुसार, कोरोनाभाइरसले ३० वटा रूप विकसित गरेको छ । अनससन्धाताहरूले यसको रूप परिवर्तन गर्ने क्षमतालाई बेवास्ता गरेकाले यसको औषधि विकसित गर्न नसकेका हुन् ।

छलफल मा सहभागी हुनुहोस