कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गरिँदै

सूचना-प्रविधि
बैशाख ११, २०७७ / ०९:५६ मा प्रकाशित

एजेन्सी । विश्वभर त्रास फैलाएको कोरोना भाइरस विरुद्धको खोप आजबाट मानिसमा परीक्षण गरिने भएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको उक्त खोप आजबाट मानिसमा परीक्षण गर्न लागिएको बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले जानकारी दिए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बिहीबारबाट खोप मानिसमा परीक्षण गर्न लागिएको जानकारी दिएका हुन् । स्वास्थ्यमन्त्री ह्यानककले खोप विकासका लागि दुई करोड पाउन्ड पैसा दिने घोषणा समेत गरेका थिए ।

अक्सफोर्ड विश्वविद्यालयमा बनेको खोप ८० प्रतिशतभन्दा बढी सफल हुनेमा वैज्ञानिकहरू आशावादी छन् । यसअघि चीनको सैन्य मेडिकल विद्यालय र अमेरिकी फर्मास्युटिकल कम्पनीले कोरोनाविरुद्धको खोप परीक्षण थालेका छन् ।

छलफल मा सहभागी हुनुहोस