डिबालाको चौथो पटकको कोरोना रिपोर्ट पनि आयो पोजिटिभ

खेलकुद
बैशाख १७, २०७७ / १६:१० मा प्रकाशित

एजेन्सी । इटालियन क्लब युभेन्टसका चर्चित खेलाडी पाउलो डिबालाको चौथो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ । उनलाई गएको चैतको पहिलो सातामा कोरोना संक्रमण देखिएको थियो ।

डेढ महिनामा उनको स्वास्थ्य परिक्षण गर्दा पोजेटिभ नै आएको हो । गएको मार्च २१ मा उनले आफु र प्रमिकालाई कोरोनाको संक्रमण देखिएको जानकारी गराएका थिए । डबला अहिले उपचारकै क्रममा रहेको जनाइएको छ ।

छलफल मा सहभागी हुनुहोस