चर्चित अभिनेत्री तथा मोडल मरिस्का पोखरेलले प्रेमीसँग साटिन औँठी

मनोरञ्जन
बैशाख २०, २०७७ / १६:२९ मा प्रकाशित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा मोडल मरिस्का पोखरेलले प्रेमीसँग औँठी साटेकी छिन् । उनले अष्ट्रेलियामा बस्दै आएका प्रेमीसँग औँठी साटेकी हुन् । उनीहरुको २ वर्षदेखिको लामो प्रेमसम्बन्ध थियो । उनीहरुले एक साताअघि अष्ट्रेलियामा नै औँठी साटासाट गरेका थिए ।

उनले कोरोना भाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै प्रेमीसँग औँठी साटासाट गरेकी हुन् । चलचित्र ‘के म तिम्रो हैन र’ बाट अभिनय यात्रा सुरु गरेकी मरिस्काले चपलिहाइट २, लम्फु, पण्डित बाजेको लौरी, मिस्टर भर्जिन, साली कस्को भेनाको, शिरफूल लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनका चलचित्र खासै नचले पनि उनको अभिनय धेरैले रुचाएका छन् । चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा अभिनय गरेकी मरिस्काको चर्चा लोकगीत सालको पात’बाट चलेको थियो ।

छलफल मा सहभागी हुनुहोस