कोरोना भाइरस संक्रमण बारे आयो र्याप गीत

मनोरञ्जन
बैशाख २०, २०७७ / १६:३६ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) र यसको संक्रमण बारे तयार पारिएको र्याप गीत सार्वजनिक भएको छ । ब्लाक माम्बाको शब्द, स्वर, निर्देशन र सम्पादनमा “लकडाउन साथी” बोलको र्याप गीत सार्वजनिक भएको हो । लकडाउन समयलाई एउटा अवसरको रूपमा उचित सदुपयोग गर्नु पर्ने र यस बेला एक अर्का बीचको भौतिक दुरी कायम गर्नुपर्ने भाव गीतमा रहेको छ ।

व्यस्त जीवनशैलीबाट एकै पटक लकडाउनमा आउँदा हामीलाई समय बिताउन गाह्रो भएको छ र त्यो स्वभाविक पनि हो । लकडाउनमा रचनात्मक र जनचेतनामुलक सिर्जना गरी यो समयको सदुपयोग गर्न सकिन्छ भन्ने पाठ यस गीतबाट सिक्न सकिन्छ ।

गीतमा डीजे आशीष र साम काजीको एरेन्ज रहेको छ । निरज खड्काले छाँयाकन गरेका छन् । गीतमा राम थिङ, लक्ष्मण थिङ, उमेश श्रेष्ठ, सावन र डीजे आशीषको अभिनय रहेको छ । गीत युबी अनलाइन टिभी युट्ब च्यानल मार्फत सार्वजनिक भएको हो ।

छलफल मा सहभागी हुनुहोस