‘पिठोको पोकाभित्र १५ हजार राखेर वितरण गर्ने म होइन’

मनोरञ्जन
बैशाख २२, २०७७ / ०७:५४ मा प्रकाशित

एजेन्सी । कोरोना भाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय फिल्मी कामहरु बन्द छन् । बलिउडका धेरै कलाकारले लकडाउको समयमा प्रभावित भएका गरिब मजदुरहरुलाई सहयोग गरिरहेका छन् ।

यस्तै हालै अभिनेता अमिर खानले पनि मजदुरलाई राहत बाडेको खबर आएको थियो । खबरमा उनले पिठोको पोकाभित्र पैसा राखेर वितरण गरेको बताइएको थियो । उनले पिठोको पोकाभित्र १५ हजार भारतिय रुपैयाँ राखेर मजदुरलाई वितरण गरेको बताइएको थियो । तर अमिर खानले भने अहिले आफुले त्यस्तो नगरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटमा एक स्टाटस लेख्दै आँटाको प्याकेटमा पैसा राख्ने व्यक्ति आफु नभएको र यो पुरै गलत भएको बताएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘म आँटाको प्याकेटमा पैसा राख्ने व्यक्ति होईन । यो या त पुरै गलत कथा हो वा कोहि रोबिनहुड आफुलाई सार्वजनिक गर्न चाहँदैनन् । सुरक्षित रहनुहोला, माया’

छलफल मा सहभागी हुनुहोस