नेपालमा थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

समाज
जेठ ९, २०७७ / ०३:४८ मा प्रकाशित

नेपालमा थप ३० जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ती मार्फत जानकारी दिए।

 

यो संगै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका ३, १८  निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् ।

 

यता कपिल वस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

 

 

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

छलफल मा सहभागी हुनुहोस