थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३

समाज
जेठ ११, २०७७ / १०:४४ मा प्रकाशित

नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।

 

नुवाकोट जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

नेपालमा कोरोना भाइरस संक्रमण निको हुने संख्या ८७ पुगेको छ। त्यस्तै आज सम्म नेपालमा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ।

छलफल मा सहभागी हुनुहोस