कोरोना महामारीका बीच अर्को संकट

अन्तर्राष्ट्रिय
जेठ २५, २०७७ / १३:०४ मा प्रकाशित

एजेन्सी । कोरोना भाइरसको महामरीसँग अहिले सारा विश्व लडिरहेको छ । रुसमा पनि कोरोना कोरोना भाइरसको महामारीले ग्रस्त बनाएको छ । यसैबीच साईबेरीयोको एक पावर प्लान्टमा स्टोरेज गरिएको २० हजार टन डीजल लीक भएर अम्बरनाया नदीमा मिसिएको बताइएको छ ।

डिजेल नदीमा मिसिएपछि नदीको रङ सेतोको ठाउँमा रातो भएको छ । यस भयावह अवस्थााई देखेर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एटेट इमर्जेन्सी घोषण गरेका छन् । तेल शुक्रबार लिक भएको थियो । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नदी सफा गर्न प्रयास भईरहेको छ ।

यो पुरा सफा गर्नको लागि लगभग १।१६ बिलियन यूरो खर्च हुन सक्ने अनुमान गरिएको छ । यसैबीच रुसमा कोरोना भाइरसको महामारका कारण अहिलेसम्म ५ हजार ८५९ जनाको ज्यान गईसकेको छ भने ४ लाख ६७ हजार ६७३ जनालाई संक्रमण भएको छ ।

छलफल मा सहभागी हुनुहोस